फेरि रोकियो कांग्रेसको संकल्प प्रस्ताव सार्वजनिक कार्यक्रम – Nepal Press

फेरि रोकियो कांग्रेसको संकल्प प्रस्ताव सार्वजनिक कार्यक्रम

काठमाडौं । नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि संकल्प पत्र सार्वजनिक कार्यक्रम फेरि रोकिएको छ । आइतबार साँझ ५ बजे सार्वजनिक गर्ने भनिएपनि प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाको व्यस्तता देखाउँदै कार्यक्रम आजलाई सारिएको थियो ।

सोमबार बिहान पार्टी मुख्यालय सानेपाबाट १०:३० मा देउवाले संकल्प पत्र सार्वजनिक गर्ने कार्यक्रम तय भएको थियो ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले अर्को सूचना नहुञ्जेलसम्मका लागि संकल्प पत्र सार्वजनिक कार्यक्रम स्थगन गरिएको विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर