आज काठमाडौंमा सत्ता गठबन्धनको प्रादेशिक भेला – Nepal Press

आज काठमाडौंमा सत्ता गठबन्धनको प्रादेशिक भेला

काठमाडौं । चुनावी प्रचार अभियानअन्तर्गत प्रादेशिक भेला गरिरहेको सत्ता गठबन्धनले आज काठमाडौंमा कार्यकर्ता भेला तथा प्रशिक्षण गर्दैछ ।

४ कात्तिकबाट सुरू भएको गठबन्धनको संयुक्त भेला ६ वटा प्रदेशमा सकिसकेको छ । आज वागमतीस्तरीय भेला गर्न लागिएको हो ।

‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ नाराका साथ भइरहेको भेलालाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

गठबन्धनले आइतबार सुर्खेत र धनगढीमा प्रदेशस्तरीय भेला आयोजना गरेको थियो । एकीकृत समाजवादीको समन्वयमा पहिलो दिन गण्डकी प्रदेशको पोखरा र कांग्रेसको समन्वयमा लुम्बिनी प्रदेशको बुटवलमा संयुक्त भेला भएको थियो ।

५ कात्तिकमा कांग्रेसको समन्वयमा प्रदेश १ को विराटनगर र मधेस प्रदेशको जनकपुरमा संयुक्त भेला भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर