एमालेको पहिलो चुनावी सभा दार्चुलामा, चुच्चे नक्सा समेटिएको ठाउँबाट ओलीको देशव्यापी अभियान
कैलाली । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा एमालेले राष्ट्रव्यापी चुनावी अभियानको तय गरेको छ । सुदूरपश्चिम प्रदेशको दार्चुलाबाट एमालेले चुनावी आमसभा सुरू गर्न लागेको हो । राष्ट्रव्यापी चुनावी अभियान सुरू गर्न कात्तिक १८ गते एमाले अध्यक्ष केपी शर्मा ओली दार्चुला पुग्ने भएका छन् ।
आफू प्रधानमन्त्री हुँदा चुच्चे नक्सा समेटिएको ठाउँबाट चुनावी अभियान थाल्नुले अतिक्रमित भूमि फिर्ता गराएको एजेण्डालाई महत्वपूर्ण क्रेडिटको रूपमा चुनावी मिसन बनाउने संकेत देखिएको छ ।
‘एमाले सरकारकै पालामा भारतले कब्जा गरेको भूमि नेपाली नक्सामा राखिएको थियो’ एमाले प्रदेश सचिव धर्म पाठकले भने ‘त्यो भूमि नक्सामा राखेर मात्र हुँदैन नेपालाई फिर्ता गर्नुपर्छ ।’
पाठकका अनुसार एमालेले आगामी निर्वाचनमा अतिक्रमित भूमि फिर्ता गर्ने कुरा सशक्त रूपमा उठाउने छ ।
‘भारतद्वारा अतिक्रमित लिपुलेक, लिम्पियाधुरा, कालापानी नेपाली क्षेत्र हो भन्ने कुरा पुष्टि भइसकेको छ’ उनले भने ‘अब एमालेको सरकार बनेपछि त्यो भूमि फिर्ता ल्याउने गरी लाग्छौँ ।’
दार्चुला सदरमुकाम खलंगामा १८ गते बिहान ११ बजे आमसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने छन् । त्यसै दिन दिउँसो २ बजे बैतडी र ४ बजे कञ्चनपुरमा पनि ओलीले चुनावी अभियान उद्घाटन गर्ने छन् ।
ठीक छ। तर, “ग्रेटर नेपाल”को अभियानलाई सकारात्मकताकासाथ अगाडि बढाउने प्रतिबद्धता गरे मात्रै डिङ हाँक्नु, अन्यथा भुगोल आएको होइन, नक्शा छापेकै भरमा फर्किनु केटाकेटीपन भन्छु म ।