प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारको नाम बन्दसूचीबाट हट्यो – Nepal Press

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारको नाम बन्दसूचीबाट हट्यो

काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवाका सञ्चार विज्ञ (प्रेस सल्लाहकार) गोविन्द परियारको नाम समानुपातिकको बन्दसूचीबाट हटाएको छ । नेपाली काँग्रेसले प्रतिनिधिसभातर्फको बन्दसूचीमा समावेश गरेका परियार विरुद्ध आयोगमा उजुरी परेको थियो ।

परियार नेपाल सरकारको लाभको पद (प्रधानमन्त्रीको प्रेस सल्लाहकार) धारण गरेकाले उनको नाम बन्दसूचीमा रहेकोमा आवश्यक कारबाही गरिपाऊँ भन्दै कविता नेपालीले उनी विरुद्ध उजुरी गरेकी थिइन ।

नेपाली काँग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फको बन्दसूची पेश गर्दा दलिततर्फको चौथो नम्बरमा परियारको नाम समावेश गरेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर