शंखधरको सालिकमा प्रधानमन्त्रीको माल्यार्पण- एकै हातले माला र नमस्कार ! (भिडिओ) – Nepal Press

शंखधरको सालिकमा प्रधानमन्त्रीको माल्यार्पण- एकै हातले माला र नमस्कार ! (भिडिओ)

काठमाडौं । नेपाल संवत् ११४३ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्‌काे शुरुआत गराएका थिए । त्यही दिनदेखि नै नेपाल संवत् मनाउँदै आएको छ ।

आजका दिन नेवार समुदायले नयाँ वर्षको रुपमा मनाउने गरेका छन् । आज भक्तपुरको मध्यपुर थिमिस्थित शंखधर चोकमा नेपाल संवत्‌का प्रवर्तक शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गर्ने कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रमका आयोजकले राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानले प्रमुख अथिति शेरबहादुर देउवालाई बोलाएको थियो । कार्यक्रमको सुरुवातमा शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गर्न कार्यक्रमस्थलबाट थोरै अगाडि शंखधरको शालिक भएको ठाउँमा पुगे ।

सालिकमा माला चढाउनका लागि सानो भर्याङ समेत राखिएको थियो । प्रतिमामा पहिले एउटा माला लगाइसकिएको थियो । र प्रधानमन्त्री देउवाको हातमा सुरक्षाकर्मीले सयपत्रीको एउटा माला थमाइदिए । उनले माला लिएर सानो भर्याङ चढे र एउटा हात प्रतिमामा आड लगाए लड्ला झै भएका देउवालाई उनको सुरक्षाकर्मीले छेउबाट समात्न पुगे । ठाउँ भने फराकिलाे थियाे ।

एउटा हात अझै प्रतिमामा आड लिएर अर्को हातले माला लगाइदिए र एउटामात्र हातले माला लगाइदिएर विस्तारै झरे । उनी सीधा समेत खडा भएनन् । र एउटै हातले माला लगाइदिएर एउटै हातले नमस्कार गरेर फर्किए । उनको सुरक्षाकर्मीले उनलाई समातेर कार्यक्रम स्थलमा ल्याएर राखे ।

उनको गतिविधिदेखेर माला अर्पण गर्न लाइनमा उभिएका ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु मर्हजन र काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल कानेखुसी गर्र्दै हाँसे । उनी भन्दा पछाडि पुगेका पर्यटनमन्त्री जीवन श्रेष्ठले भने दुबैहातले माला लगाइदिएर नमस्कार गर्दै फर्किए । त्यहाँ पुगेका सबैले दुबैहातले माला प्रतिमामा माला लगाइदिएका थिए।


प्रतिक्रिया

One thought on “शंखधरको सालिकमा प्रधानमन्त्रीको माल्यार्पण- एकै हातले माला र नमस्कार ! (भिडिओ)

  1. This PM is not only old but also the most fearful of falling because he is just one handed/sided in thoughts and actions making him most unsuccessful PM of Nepal despite his record 5 terms as PM!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर