समानुपातिकतर्फको बन्दसूचीको अन्तिम नामावली प्रकाशन (सूचीसहित) – Nepal Press

समानुपातिकतर्फको बन्दसूचीको अन्तिम नामावली प्रकाशन (सूचीसहित)

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले पेश गरेको बन्दसूचीको अन्तिम नामावली प्रकाशन गरेको छ । आयोगको बन्दसूचीको अन्तिम नामावली प्रकाशन गर्ने कार्य तालिका अनुसार नै आज अन्तिम नामावली प्रकाशन गरेको हो ।

प्रकाशित सूचीमा प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि २१९९ उम्मेदवार रहेका छन् । यसैगरी प्रदेश सभा सदस्य निर्वाचनतर्फ प्रदेश नं.१ को लागि ६१६ जना, मधेश प्रदेशको लागि ८६३ जना, बागमती प्रदेशको लागि ७५४ जाना, गण्डकी प्रदेशको लागि ३४४ जना, लुम्बिनी प्रदेशको लागि ५७९ जना, कर्णाली प्रदेशको लागि २०० जना र सुदुरपश्चिम प्रदेशको लागि ३५२ जना उम्मेदवार रहेका छन् ।
प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यको लागि राजनीतिक दलहरूले पेश गरेको बन्दसूचीको जाँचबुझ गरी प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को दफा २८ तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को दफा २८ बमोजिम कायम गरिएको उम्मेदवारको नाम समावेश भएको अन्तिम बन्दसूची आज प्रकाशन गरेको छ ।
सो समानुपातिकतर्फ दलले पेश गरेको बन्दसूचीमा नाम समावेश भएका मध्ये दाबी विरोधको जाँचबुझ, जरिवाना नतिरेका, लाभको पदमा रहेका र कालोसूचीमा रहेका ५५० जना व्यक्तिको नाम सूचीबाट हटाइ यसअघि सार्वजनिक भइसकेको छ । उक्त प्रणालीतर्फ लागि राजनीतिक दलले पेश गरेको बन्दसूचीमा प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्यमा गरी ६४५७ जना उम्मेदवार रहेका थिए ।
प्रतिनिधिसभातर्फको ११० सिटका लागि ४७ वटा राजनीतिक दलले बन्दसूची पेश गरेका थिए भने प्रदेशसभामा २२० सिटका लागि विभिन्न राजनीतिक दलले बन्दसूची पेश गरेका थिए ।
प्रदेशसभामा २२० सिटका लागि विभिन्न राजनीतिक दलले बन्दसूची पेश गरेका थिए । जसमा प्रदेश एकमा ३७, मधेश प्रदेशमा ४३, बागमती प्रदेशमा ४४, गण्डकी प्रदेशमा २४, लुम्बिनी प्रदेशमा ३५, कर्णाली प्रदेशमा १६ र सुदूरपश्चिम प्रदेशमा २१ सिटका लागि विभिन्न राजनीतिक दलले बन्दसूची पेश गरेका थिए ।


यस्ताे छ प्रदेशगत सूची


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर