नेपाल तरुण दल ६९ वर्षमा प्रवेश, गठबन्धन जिताउन अध्यक्ष गुरुङको आह्वान – Nepal Press

नेपाल तरुण दल ६९ वर्षमा प्रवेश, गठबन्धन जिताउन अध्यक्ष गुरुङको आह्वान

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल स्थापनाको ६८ वर्ष पुगेको छ ।

२०१० साल कात्तिक १० गते विपी कोइरालाले स्थापना गरेको तरुण दल पञ्चायतकालमा निष्क्रिय भएपछि गिरिजा प्रसाद कोइरालाले २०५४ मा पुनःस्थापना गरी बालकृष्ण खाणलाई अध्यक्ष बनाएका थिए ।

तरुण दल स्थापना दिवसको दिन भाइटीका परेकाले कुनै कार्यक्रम आयोजना नभए पनि अध्यक्ष विद्धान गुरुङले आगामी मंसिर ४ मा हुने निर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धन जिताउन तरुणहरुलाई आह्वान गरेका छन् ।

उनले लोकतन्त्रको स्थायित्व र स्थायी सरकारका लागि गठबन्धनको जित आवश्यक रहेको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर