एलन मस्क बने ट्विटरको मालिक, सिइओसहित उच्च कर्मचारी हटाए
नेपाल प्रेस
२०७९ कार्तिक ११ गते ७:५८
काठमाडौं । एलन मस्क सामाजिक सञ्जाल ट्विटरको मालिक बनेका छन् ।
मस्कले स्वामित्व लिएसँगै ट्विटरका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लगायत माथिल्लो तहका कर्मचारीलाई बर्खास्त गरेको छ । अमेरिकी मिडिया रिपोर्टहरू अनुसार कम्पनीका प्रमुख कार्यकारी पराग अग्रवाल र प्रमुख वित्तीय अधिकृत नेड सेगललाई बर्खास्त गरेको हो ।
मस्कले ४४ अर्ब अमेरिकी डलरमा ट्विटर किन्ने सम्झौता गरेका थिए ।
प्रतिक्रिया