ट्विटरमा ‘नो नट एगेन’ नेपालको टप ट्रेन्डिङमा – Nepal Press

ट्विटरमा ‘नो नट एगेन’ नेपालको टप ट्रेन्डिङमा

काठमाडौं । निर्वाचन आयोगले रोक लगाएपछि ‘नो नट एगेन’ अभियानले सामाजिक सञ्जालमा थप चर्चा पाएको छ । आयोगको ‘आदेश’ लाई नकार्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले झन् जोडतोडले यसको प्रचारप्रसार गर्न थालेका छन् ।

पटक-पटक ‘टेस्टेड एन्ड फेलर’ भएका नेताहरुलाई फेरि निर्वाचित गर्नु हुँदैन भन्ने मर्म नो नट एगेनको हो । तर, केही नेताहरुलाई टार्गेट गरेर यसरी अभियान चलाउन नपाइने भन्दै निर्वाचन आयोगले कारबाहीको चेतावनी दिएको थियो । तर, आयोगको चेतावनीले झन् व्याकफायर गरेको छ ।

अहिले नो नट एगेन ह्यास ट्याग ट्विटरको नेपाल ट्रेन्डिङको टपमा रहेको छ । अहिलेसम्म यो ह्यासट्याग प्रयोग गर्दै ११९६ वटा ट्विट भइसकेका छन् । केही चर्चित पब्लिक फिगरहरुले समेत यो अभियानको समर्थन गरेका छन् ।

सत्याग्रही डा. गोविन्द केसीले विज्ञप्ति निकालेर निर्वाचन आयोगको आदेशप्रति विरोध जनाएका थिए । अधिवक्ता भीमार्जुन आचार्यले लगातार नो नट एगेनको वकालत गर्दै आएका छन् ।

आयोगको विज्ञप्तिपछि थुप्रै तटस्थ व्यक्तिहरु पनि यो अभियानको पक्षमा उभिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर