पिएस गुरुङको प्रश्न- हाम्रो सेनापति केपी ओली हुन्, गठबन्धनको मोहनविक्रम कि चित्रबहादुर ? (भिडिओ) – Nepal Press

पिएस गुरुङको प्रश्न- हाम्रो सेनापति केपी ओली हुन्, गठबन्धनको मोहनविक्रम कि चित्रबहादुर ? (भिडिओ)

‘प्रचण्ड सुरक्षा खोज्दै सिरहा, काठमाडौं र चितवनबाट भागेर गोरखा आइपुगेका छन्’

लमजुङ । नेकपा एमालेका उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले सत्ता गठबन्धन सेनापतिविहीन फौजमा परिणत भएको भन्दै केपी ओलीको विकल्पमा प्रधानमन्त्रीको साझा उम्मेदवार पेश गर्न चुनौती दिएका छन् ।

लमजुङबाट प्रतिनिधिसभाको उम्मेदवार रहेका गण्डकीका पूर्वमुख्यमन्त्री गुरुङले धेरै सेनापति भएको फौजले लडाइँ जित्न नसक्ने बताए । नेपाल प्रेससँगको भिडिओ कुराकानीमा गुरुङले एमालेले केपी ओलीलाई सेनापति बनाएर बहुमत मागिरहेको बताए ।

गुरुङले भने, ‘धेरै सेनापति भएको सेनाले जहिले पनि लडाइँ हार्छ । हामी त केपी ओलीलाई सेनापति बनाएर बहुमत दिनुस्, हाम्रो प्रधानमन्त्री केपी ओली हो भनेर गएका छौं । जनताले हामीलाई विश्वासका साथ हेरेका छन् । तर, गठबन्धनको प्रधानमन्त्री को हो ? शेरबहादुर, प्रचण्ड, माधव नेपाल, मोहनविक्रम सिंह हुन् कि चित्रबहादुर केसी हुन् ? आफ्नो नेता छान्न नसकेको गठबन्धनले चुनाव जित्छ ? जनताले पत्याउँदैनन् ।

उपमहासचिव गुरुङले गठबन्धनका एउटा सेनापति प्रचण्ड सुरक्षका लागि भाग्दै गोरखा आइपुगेको दाबी गरे । उनले कहिले चितवन, कहिले सिरहा, कहिले काठमाडौं हुँदै हार्ने डरले सुरक्षाका लागि गोरखा आएको भन्दै नेतृत्वविहीन गठबन्धनलाई भोट दिएर खेर फाल्न नहुने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर