काठमाडौंका ५ क्षेत्रमा गठबन्धनका उम्मेदवारबीच मित्रवत् प्रतिस्पर्धा हुने – Nepal Press

काठमाडौंका ५ क्षेत्रमा गठबन्धनका उम्मेदवारबीच मित्रवत् प्रतिस्पर्धा हुने

काठमाडौं । सत्तारुढ गठबन्धनले काठमाडौंका एउटा प्रतिनिधिसभासहित केही प्रदेशसभाका निर्वाचन क्षेत्रमा मित्रवत् प्रतिस्पर्धा गर्ने भएका छन् । गठबन्धनको भागबण्डा नमिलेपछि पार्टीकै टिकट लिएर उठेका केही उम्मेदवारलाई मित्रवत् प्रतिस्पर्धामा कायम राखेर अन्यको निष्क्रिय बनाइएको छ ।

शीर्ष नेताहरूको सहमति अनुसार काठमाडौं १० मा प्रतिनिधि सभातर्फ कांग्रेसका राजेन्द्र केसी र माओवादी केन्द्रकी अन्जना विशुंखे दुवैलाई आधिकारिक उम्मेदवार मानेर मित्रवत् प्रतिस्पर्धा हुने भएको छ ।

त्यस्तै सोही क्षेत्रमा प्रदेशसभा १ नम्बर क्षेत्रमा पनि कांग्रेस र माओवादीबीच मित्रवत् प्रतिस्पर्धा हुने भएको छ । सो क्षेत्रमा कांग्रेसका पुकार महर्जन र माओवादी केन्द्रका दीलिप महर्जन उम्मेदवार छन् ।

यो पनि पढ्नुहाेस् : प्रतिनिधिसभा र प्रदेशसभाका १४ सीटमा गठबन्धन दलको मित्रवत प्रतिस्पर्धा, ५ ठाउँमा छलफल जारी (सूचीसहित)

त्यस्तै काठमाडौं क्षेत्र नम्बर ३ को प्रदेशसभा २ मा पनि मित्रवत् प्रतिस्पर्धा हुने भएको छ । कांग्रेसका विमल ठकुरी र माओवादी केन्द्रका महेश्वर फुयाल दुवै आधिकारिक उम्मेदवार बनेका छन् । सो क्षेत्रमा गठबन्धनको भागबण्डाविपरीत कांग्रेसले उम्मेदवारी दिएपछि प्रतिनिधिसभा र दुवै प्रदेशसभामा माओवादीका उम्मेदवार छन् ।

त्यस्तै काठमाडौं क्षेत्र नम्बर ५ को प्रदेश सभा क्षेत्र नम्बर २ मा पनि कांग्रेसका श्याम खड्का र नेकपा एसका बालकृष्ण श्रेष्ठबीच मित्रवत् प्रतिस्पर्धा हुने भएको छ भने क्षेत्र नम्बर ६ को प्रदेशसभामा पनि कांग्रेसका विष्णुभक्त फुयाल र माओवादी केन्द्रका प्रकाश फुयालबीच मित्रवत् प्रतिस्पर्धा हुने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर