कांग्रेसको प्रतिबद्धता- सार्वजनिक पदमा बसेका व्यक्तिको सम्पत्ति विवरण देखाउनुपर्ने कानून ल्याउँछौँ – Nepal Press

कांग्रेसको प्रतिबद्धता- सार्वजनिक पदमा बसेका व्यक्तिको सम्पत्ति विवरण देखाउनुपर्ने कानून ल्याउँछौँ

काठमाडौं । नेपाली कांग्रेसले अव्यवस्थालाई सुव्यवस्थामा बदल्नका लागि हरेक सार्वजनिक पदमा रहेको व्यक्तिको सम्पत्ति विवरण सार्वजनिक गराउनुपर्ने कानून ल्याउने प्रतिबद्धता जाहेर गरेको छ।

आगामी निर्वाचनका लागि ५२ पेज लामो चुनावी घोषणापत्र जारी गर्दै हरेक सार्वजनिक निकायका अधिकारीहरूले प्रत्येक वर्ष सम्पत्ति विवरण सार्वजनिक गर्ने बाध्यकारी कानून जारी गर्ने बताएको हो।

जनसरोकार एवं सेवा प्रवाहसम्बन्धी तीनै तहका सरकारका कार्यालयमा हुँदै आएका विकृति–विसंगति, भ्रष्टाचार, ढिलासुस्ती र झन्झटिलो अवस्थाको अन्त्य गरी प्रभावकारी, कार्यमूलक र सेवामुखी बनाउँदै आधुनिक प्रविधिको प्रयोग गरी सरल, सहज र छिटोछरितो सेवा उपलब्ध गराउने घोषणापत्रमा उल्लेख गरिएको छ।

काठमाडौं महानगरपालिका लगायत देशभरिको शहरी क्षेत्रमा रहेको फोहोरको समस्यालाई दीर्घकालीन समाधान गर्न तीनै तहका सरकारबीच समन्वय गरी निजी क्षेत्र समेतको संलग्नतामा आधुनिक व्यवस्थापन गर्दै फोहोरबाट विद्युत् एवं प्राङगारिक मल उत्पादन गर्न अविलम्ब घोषणापत्र मार्फत जनाएको छ।


प्रतिक्रिया

One thought on “कांग्रेसको प्रतिबद्धता- सार्वजनिक पदमा बसेका व्यक्तिको सम्पत्ति विवरण देखाउनुपर्ने कानून ल्याउँछौँ

  1. हा हा हा हा …… हसायो काँग्रेसले । आफ्नो खुट्टामा कसैले बन्चरो हान्छ होला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर