मतदातालाई आश्वासन- कांग्रेसको सरकार बने ६५ वर्षमै वृद्ध भत्ता – Nepal Press

मतदातालाई आश्वासन- कांग्रेसको सरकार बने ६५ वर्षमै वृद्ध भत्ता

कोखदेखि शोकसम्म एकीकृत सुरक्षा कार्यक्रम प्याकेजमा

काठमाडौं । नेपाली कांग्रेसले एकीकृत सामाजिक सुरक्षा अन्तर्गत कोखदेखि शोकसम्म कार्यक्रम चलाउने घोषणा गरेको छ । आगामी निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दै कांग्रेस नेतृत्वको सरकार बने यस्तो अभियानको घोषणा गरेको हो ।

घोषणापत्रमा भनिएको छ, ‘कांग्रेसले परिकल्पना गरेको समतामूलक र न्यायपूर्ण समाजमा नागरिकको जन्मदेखि मृत्युसम्म सामाजिक सुरक्षाका दृष्टिले राज्यका केही निश्चित आर्थिक तथा सामाजिक दायित्व हुन्छन् । त्यसैले नेपाली कांग्रेसले सस्तो लोकप्रियताका लागि सामाजिक सुरक्षाका खुद्रे वितरणमुखी कार्यक्रममा होइन, प्रत्येक नेपाली नागरिकले सम्मानित जीवनयापन गर्न सक्ने गरी एकीकृत सामाजिक सुरक्षा अवधारणामा विश्वास गर्दछ ।’

कोखदेखि शोकसम्मको एकीकृत सामाजिक सुरक्षा अवधारणामा कांग्रेस अडेको उल्लेख गरेको छ । कांग्रेसले ६५ वर्षको उमेरबाटै वृद्ध भत्ता दिने घोषणा समेत गरेको छ भने, निःशुल्क स्वास्थ्य बीमा गर्नेछ। अहिले ७० वर्षबाट कांग्रेस नेतृत्वकै सरकारले ६८ वर्षको उमेरबाट वृद्ध भत्ता दिँदै आएको छ।

७३ वर्ष माथि सबै ज्येष्ठ नागरिकको निःशुल्क उपचार गर्ने उल्लेख गरेको छ। कांग्रेसको सरकारले आगामी पाँच वर्षमा राष्ट्रिय परिचय स्मार्ट कार्डका माध्यमबाट कोखदेखि शोकसम्मका एकीकृत सामाजिक सुरक्षा प्याकेज लागु गर्नेछ।

वार्षिक संघीय बजेटमा सामाजिक सुरक्षाका सबै कार्यक्रमहरूको अंश १० प्रतिशत भन्दा कम नहुने घोषणा गरेको छ।


प्रतिक्रिया

One thought on “मतदातालाई आश्वासन- कांग्रेसको सरकार बने ६५ वर्षमै वृद्ध भत्ता

  1. काँग्रेसले के गर्छ भन्ने कुरा हामीले डेढ वर्षदेखि भोगिरहेका, देखिरहेका छौं । कागजमा लेखेर पत्याउनेवाला छैनौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर