एमालेको आरोप- प्रदीप पौडेल राजनीतिक बहसबाट भागेर गिरोह शैलीमा चरित्रहत्याको खेती गर्दैछन्
काठमाडौं । नेकपा एमालेले काठमाडौं ५ का गठबन्धन उम्मेदवार प्रदीप पौडेल राजनीतिक प्रतिस्पर्धा गर्न नसकेपछि गिरोह शैलीमा अनर्गल प्रचारमा उएिके भन्दै खुला छलफल र बहसमा आउन चुनौती दिएको छ ।
एमाले क्षेत्र नम्बर ५ निर्वाचन परिचालन कमिटी संयोजक शान्ति अधिकारीले प्रेस विज्ञप्ति जारी गर्दै गठबन्धन उम्मेदवारले आफ्ना एजेण्डा प्रस्तुत गर्नुको साटो गिरोह शैलीमा प्रतिस्पर्धी उम्मेदवारविरुद्ध भ्रमपूर्ण, अप्रमाणिक र कहिल्यै प्रमाणित हुन नसक्ने निकृष्ट लाञ्छनायुक्त अभिव्यक्ति दिइरहेको बताएकी छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘कतै अभियोजन नभएका र कहिल्यै प्रमाणित हुन नसक्ने यस्ता निकृष्ट लाञ्छानाको खेती बन्द गर्न र राजनीतिकरूपमा प्रस्तुत हुन हामी सत्ता गठबन्धनलाई आग्रह गर्दछौं । हामी विकास, समृद्धि तथा योजना र संकल्पका बारेमा आफ्ना मुद्दामा खुला छलफल र बहस गर्न सदैव तप्तर छौं ।’
सो क्षेत्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल उम्मेदवार छन् भने गठबन्धनबाट कांग्रेसका नेता प्रदीप पौडेल छन् । पौडेलले राजनीतिक प्रतिस्पर्धा गर्न नसकेर फेक आईडीहरूमार्फत पोखरेलको चरित्रहत्या गराएको आरोप एमालेको छ ।
नेकपा एमालेका नेता ईश्वर पोखरेलले लगातार भ्रष्टाचार गरिरहेका छन । ओम्नि काण्ड, येती काण्ड , सेना काण्ड, पानी ट्यांकी काण्ड लगायत थुप्रै काण्डमा मुछिएका छन ।
राजनिति गर्छु भन्ने पोख्रेल ज्यु हजुर चुनाब जितेर हदै भये सन्सद बन्नु होला मन्तृ बन्नु होला तर अब जनता जागिसकेका छन अब जनताले देस बनाउने जनताको नेतृत्व गर्ने युवा उम्मेदवार लाइ आफ्नो साथ र सहयोग गर्छन आफु बन्ने जनतालाइ मार्ने नेताहारुलाइ अब जनता हरुले पतन गराउने छन
कांग्रेस -माओवादी =भ्रमको खेती