बाबुरामले भने- अन्यथा नमान्नु होला, भोलिको प्रधानमन्त्री प्रचण्ड नै हो (भिडिओ)
काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी निर्वाचनपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्ने दाबी गरेका छन् ।
गोरखामा चुनावी अभियानमा रहेका प्रचण्डलाई भोट माग्दै भट्टराईले चुनावपछि बन्ने सरकारको नेतृत्व प्रचण्डले गर्ने बताएका हुन् ।
भट्टराईले भने, ‘यहाँ कसैले अन्यथा नमान्नु होला, कमरेड प्रचण्ड भोलिको प्रधानमन्त्री, सुरेन्द्रराज पाण्डे भोलिको मुख्यमन्त्री । यही क्षेत्रले प्रधानमन्त्री पनि मुख्यमन्त्री पनि पाइसकेपछि हाम्रो विकासको सपना कसरी पूरा नहोलान् ?’
एमाले अध्यक्ष केपी शर्मा ओलीको मुर्खताको कारणले गठबन्धन बनेको उनको दाबी थियो ।
‘अहिलेको सन्दर्भमा गतिशील र चर्चित व्यक्ति कमरेड प्रचण्ड नै हो । यहाँको लागि उहाँजस्तो उपयुक्त पात्र कोही हुनै सक्दैन’, बाबुरामले भने ।
प्रचण्ड प्रधानमन्त्री र सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्री भएपछि भएपछि गोरखा विकासको पुलको काम आफूले गर्न बताए । उनले गठबन्धनका उम्मेदवारलाई जिताउन आह्वान समेत गरे ।
आफैं त महादेव उत्तानो पर कसले देला वर । सबैतिरबाट असफल भए पछि छोरीको लागि प्रचण्डको चाकडी गरेको हेर । सन्तानको लागि पार्टी नै दाउमा लगाएर यति तल गिरेको मैले अहिलेसम्म अरू कोहि पनि देखेको थिईन । प्रचण्डले पनि छोरीहरूको लागि यतिसम्म चै गरेका थिएनन् । यी त लाजै पचाएर, महान भ्रषटाचारी भनेर आफैंले घोषणा गरेकोलाई प्रधानमन्त्री हुने उम्मेद्वार भनेर झुट कुरा गर्दै हिडेको देख्दा उदेक लाग्यो । हुन त दुवैका गुरु एउटै हुन् – मोदी ।