श्रमिकहरूको न्यूनतम ज्याला मासिक २५ हजार पुर्याउने एमालेको प्रतिबद्धता
नेपाल प्रेस
२०७९ कार्तिक १५ गते १५:४१
काठमाडौं । नेकपा एमालेले श्रमिकहरूको न्यूनतम ज्याला मासिक २५ हजार पुर्याउने प्रतिबद्धता गरेको छ । आगामी निर्वाचनको लागि सार्वजनिक घोषणापत्रमा एमालेले अधिकांश श्रमिक तथा कर्मचारीलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने बताएको हो ।
औपचारिक क्षेत्रका सबै र अनौपचारिक क्षेत्रका ७५ प्रतिशत श्रमिकहरू योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा समेटिने उल्लेख गरेको छ ।
घोषणापत्रमा लेखिएको छ, ‘स्वदेश तथा विदेशमा, ज्याला रोजगारी तथा स्वरोजगारीमा रहेका सबैलाई योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा समेटिनेछ । श्रमिकहरूको न्यूनत्तम ज्याला मासिक रु २५ हजार पुर्याइनेछ ।’
प्रतिक्रिया