देउवा निर्वाचन प्रचार गर्न ४ दिन डडेल्धुरा बस्ने – Nepal Press

देउवा निर्वाचन प्रचार गर्न ४ दिन डडेल्धुरा बस्ने

कैलाली । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो निर्वाचन प्रचारप्रसारको लागि गृह जिल्ला डडेल्धुरामा चार दिन बिताउने भएका छन् ।

प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका देउवाले कात्तिक १७ देखि २० गतेसम्म जिल्लाका विभिन्न स्थानमा हुने चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रदेशसभाका उम्मेदवार गोविन्द बोहराले जानकारी दिए ।

सार्वजनिक तालिकाअनुसार १७ गते अमरगढी बसपार्कमा आयोजित सभालाई देउवाले सम्बोधन गर्नेछन् ।

कात्तिक १८ गते नवदुर्गा र गन्यापधुरा, १९ गते अजयमेरु र भागेश्वर तथा २० गते आलिताल र परशुराममा देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको बोहराले बताए ।

यहाँ देउवालाई उनकै पुराना विश्वास पात्र मानिएका कर्ण मल्लले चुनौती दिइरहेका छन् । उनी अघिल्लो पटक काङ्ग्रेसबाट प्रदेशसभामा विजयी भएका थिए । काङ्ग्रेस बीपीबाट उम्मेदवार बनेका मल्ललाई डडेल्धुरामा नेकपा एकीकृत समाजवादीले समर्थन गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर