घोषणापत्रबारे भीम रावलको टिप्पणी- उपेन्द्र र राजेन्द्रसँगको साँठगाँठले कुनै गन्तव्य पुष्टि गर्दैन
काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले पार्टीको घोषणापत्र गन्तव्यविहीन भएको टिप्पणी गरेका छन् ।
अध्यक्ष केपी शर्मा ओलीले मंगलबार सार्वजनिक गरेको घोषणापत्र सत्ता स्वार्थको माध्यममात्रै भएको बताए ।
घोषणापत्रबारे उनले ट्विटमा लेखेका छन्, ‘एमालेले भर्खरै जारी गरेको घोषणापत्रमा ‘नीतिविहीन, उद्देश्यविहीन र गन्तव्यविहीन गठबन्धन सत्ता स्वार्थको माध्यममात्र हो’ भन्ने भनाइ उचित हो ।’
उनले एमाले राप्रपा, राप्रपा नेपाल, जसपासहित अन्य दलसँग सिद्धान्त बाहिर गएर तालमेल गरेकोप्रति असन्तुष्टि पोखेका छन् ।
उनले भनेका छन्, ‘तर कमल, राजेन्द्र, उपेन्द्र, एकनाथ र हृदयशसंग भएको साँठगाँठको औचित्य एमालेको कुनै सिद्धान्त, नीति र गन्तव्यले पुष्टि गर्दैनन् ।’
नेता रावल पार्टी नेतृत्वसँग पछिल्लो समय रुष्ट छन् । उनी अछाम १ बाट सर्वसम्मत सिफारिस हुँदासमेत टिकट नपाएपछि अध्यक्ष ओलीसँग थप चिढिएका छन् ।
एमालेले भरखरै जारी गरेको घोषणापत्रमा “नीतिविहीन, उद्देश्यविहीन र गन्तव्यविहीन गठबन्धन सत्ता स्वार्थको माध्यम मात्र हो” भन्ने भनाई उचित हो । तर कमल, राजेन्द्र, उपेन्द्र, एकनाथ र हृदयशसंग भएको साँठगाँठको औचित्य एमालेको कुनै सिद्धान्त, नीति र गन्तव्यले पुष्टि गर्दैनन् ।
— Bhim Rawal, PhD (@BhimRawal179) November 1, 2022
एमाले सिध्याउन भारतले प्रयोग गरिरहेको दलाल । एमालेजनले याद गर्नु यस्ता शिखण्डी प्रयोग हुन्छन् । यिनीहरूको असली रूप क्रिटिकल समय जस्तै पार्टी विभाजनताका, महाअधिवेशनताका, उम्मेदवारी घोषणा गर्दा, घोषणापत्र सार्वजनिक गर्दा, चुनावकै मुखमा यस्ता गचिविधि देखापर्छन् ।