देउवालाई डडेल्धुरामा चुनावी भ्रमणका लागि आयोगको सशर्त अनुमति – Nepal Press

देउवालाई डडेल्धुरामा चुनावी भ्रमणका लागि आयोगको सशर्त अनुमति

काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनावी प्रचारका लागि शर्त राखेर अनुमति दिएको छ । देउवा चुनावी अभियानका लागि कात्तिक १७ देखि २० सम्मको चार दिने कार्यक्रम लिएर गृहजिल्ला डडेल्धुरा जाने तयारीमा थिए ।

उनलाई सरकारी स्रोत-साधन प्रयोग नगर्ने शर्तमा उनलाई प्रचारप्रसारको अनुमति दिइएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अनुमतिका लागि आयोगमा पत्र पठाएको थियो । आयोगले सरकारी खर्चमा प्रचारप्रसारका लागि यात्रा नगर्न र नगराउन निर्देशन दिँदै अनुमति दिएको छ ।

निर्वाचन आचारसंहिताभन्दा बाहिर नजाने गरी उनलाई प्रचारप्रसारमा जानका लागि अनुमति दिइएको आयोगका सहायक प्रवक्तासमेत उपन्यायाधिवक्ता गुरुराज वाग्लेले नेपाल प्रेसलाई बताए ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवालगायत सरकारका मन्त्री र गठबन्धनमा रहेका नेताहरूले सैनिक जहाज र हेलिकप्टर प्रयोग गरेर चुनावी दौडाहा गरेकोबारे निर्वाचन आयोगको ध्यानाकर्षण भएको भन्दै त्यसको खर्चबारे आयोगले प्रश्न गरेको थियो । साथै अनुगमनको लागि अख्तियारलाई आग्रह गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर