प्रधानमन्त्रीकाे प्रसङ्गमा महतले भने- अहिले सरकार नेतृत्वको बारेमा छलफल भएको छैन – Nepal Press

प्रधानमन्त्रीकाे प्रसङ्गमा महतले भने- अहिले सरकार नेतृत्वको बारेमा छलफल भएको छैन

‘कांग्रेसले ८० भन्दा बढि सिट जित्छ’

कैलाली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रवक्ता डा। प्रकाश सरण महतले आगामी सरकारको नेतृत्वकारे अहिले गठबन्धनका दलहरूबीच छलफल नभएको बताएका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भावी प्रधानमन्त्रीको रुपमा चर्चा गरिरहेका बेला उनले सरकारको विषयमा कुनै छलफल नभएको बताएका हुन् ।

‘अहिले प्रचण्ड भावी प्रधानमन्त्री भनिरहनु भएको छ ,शेरबहादुर देउवाको पनि प्रधानमन्त्रीको चर्चा भइरहेको छ, गठबन्धनको भावी प्रधानमन्त्री को हो रु’ प्रेस युनियन कैलालीले धनगढीमा आयोजनामा गरेको पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नमा महतले भने, ‘अहिले सरकार नेतृत्वको बारेमा छलफल भएको छैन । सम्पूर्ण ध्यान सिट धेरै जित्नेमा छ । संसदमा राम्रो बहुमत ल्याउनु पर्छ भन्नेमा छ ।’

महतले नेतृत्वदायी भूमिकामा नेपाली कांग्रेस रहेको भन्दै सरकारको नेतृत्व स्वाभाविक भएको समेत उल्लेख गरे । एउटै दलले बहुमत ल्याउन कठिन रहेको विश्लेषण गरेका महतले कांग्रेसले ८० भन्दा बढि सिट जित्नेमा दाबी गरे । उनले गठबन्धनले बहुमत ल्याउने बताए ।

महतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धेरै सपना बाढेको तर, काम नगरेको आरोप लगाए । रेल ल्याउने, पानी जहाज चलाउने, घरघरमा ग्यास ल्याउने भन्दै सपना बाढेको तर, काम नगरेको महतको भनाइ थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशमा थुप्रै विकासका कामहरू गरेको उनको भनाइ छ ।

‘प्रधानमन्त्री देउवाको पहलमा सुदूरपश्चिम प्रदेशमा धेरै विकास भएको छ । ओली जीले धेरै कुरा गर्नु भयो । सपना बाढ्नु भयो तर, काम गर्नु भएन’ उनले भने। ‘कुरा गरेन देश चल्दैन । काम गर्नु पर्छ’

आगामी सरकारले मुलुकमा स्थिरता दिने र रोजगारी सृजना गर्नेमा विश्वस्त रहन महतले आग्रह गरेका थिए । कांग्रेसले ६८ वर्षमा वृद्ध भत्ता दिएको बताउँदै महतले भने, ‘अब ६५ वर्षमा वितरण गर्न लक्ष्य रहेको छ । ’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर