नयाँ सरकार बन्नासाथ डामाडोल अर्थतन्त्र सम्हाल्न नसके ठुलो दुर्घटना हुन्छ : गगन थापा (भिडिओ) – Nepal Press

नयाँ सरकार बन्नासाथ डामाडोल अर्थतन्त्र सम्हाल्न नसके ठुलो दुर्घटना हुन्छ : गगन थापा (भिडिओ)

‘हामीलाई बिराउने छुट छैन, देशको नेतृत्व गर्न सक्छु’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनपछि नयाँ सरकार बन्नासाथ डामाडोल अर्थतन्त्र सुधार गर्न नसके ठुलो दुर्घटना हुने बताएका छन्।

शनिवार काठमाडौंमा आयोजित काठमाडौं ४ आयोजित सोलुका मतदातासँगको अन्तर्क्रियामा बोल्दै उनले नेकपाभित्रको झगडाले ५ वर्ष खेर गएको बताए।

उनले भने, ‘हामी अहिले चुनावमा जाँदै छौँ। मलाई चुनावको डर जित्छौँ कि जित्दैनौँ भन्ने डर छैन। ढुक्कसँग जित्छौँ। तर, चुनाव जितेको भोलिपल्टबाट गर्छौँ चाहिँ के ? सरकार बनाउँछौँ। तर, अहिले पनि हाम्रो सरकार त छ नि। सरकार बनाएपछि काम गर्न सक्छौँ सक्दैनौँ भन्नेमा डर छ।’

अहिले अर्थतन्त्रको सबैभन्दा ठुलो चुनौती रहेको बताए। नयाँ सरकार बन्नासाथ डामाडोल अर्थतन्त्र सम्हाल्न नसके ठुलो दुर्घटना हुने बताए।

उनले भने, ‘आम मानिसमा नैरास्यता देखेको छु। त्यो नैरास्यता संगठित जुन दिन हुन्छ। त्यो शक्तिले सत्तामा बस्नेलाई बगाएर लैजान्छ। हामीसँग बहुमत हुन्छ। सिंहदरबार र प्रदेशमा सरकारमा हामी हुन्छौँ। जनतामा हामी हुँदैनौँ। हामीलाई बढारेर लैजान्छ। यो हामीलाई अन्तिम मौका हो। त्यसले हामीले गम्भीरतापूर्वक लिनुपर्छ।’

आगामी दिनलाई लिएर आफूमा डर भएकाले गठबन्धनका नेताहरूमा पनि आफूलाई जस्तै डर हुनुपर्ने बताए।

उनले भने, ‘गठबन्धनको बैठकमा गएर म हराउँदिन बिलाउँदिन प्रश्न गर्छु। खबरदारी गरेर झकझकाउँछु। तर, आवश्यकता परेको अवस्थामा गाडी चलाउने ठाउँमा आफै गएर बस्छु। त्यो आँट मसँग छ। हामीलाई बिराउने सुविधा छैन।’


प्रतिक्रिया

One thought on “नयाँ सरकार बन्नासाथ डामाडोल अर्थतन्त्र सम्हाल्न नसके ठुलो दुर्घटना हुन्छ : गगन थापा (भिडिओ)

  1. गठबन्धनले अर्थतन्त्र डावाडोल बनायो ।यिनलाई कमाउन पाए भयो । विदेशीको चाकडी गर्दैमा फुर्सद छैन । यस्तो हुँदा पनि गठबन्धनका कुनै नेता बोल्दैन । यो गठबन्धनलाई चुनावमा डाँडो कटाउनुपर्छ अनि मात्र देशले विकास गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर