काठमाडौंबाट रुकुम जाँदै गरेको बस त्रिशूलीमा खस्यो
नेपाल प्रेस
२०७९ कार्तिक १९ गते १९:१६
काठमाडौं । काठमाडौंबाट रुकुम जाँदै गएको बस त्रिशूलीमा खसेको छ ।
काठमाडौंबाट रुकुम जाँदै गरेको बा४ख ५७९० नम्बरको बस हुग्दी खोला नजिकैबाट नदीमा खसेको हो ।
बस सडकबाट करिब दुई सय मिटर तल खसेको र दुर्घटनामा २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी श्यामबहादुर खत्रीले बताए । घाइतेलाई उपचारको लागि अस्पताल लगिएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर