अन्तरिम आदेश दिने न्यायाधीशले अब अन्तिम सुनुवाइ पनि गर्न पाउने – Nepal Press

अन्तरिम आदेश दिने न्यायाधीशले अब अन्तिम सुनुवाइ पनि गर्न पाउने

काठमाडौं। अल्पकालीन तथा अन्तरिम आदेश जारी गर्ने न्यायाधीशले त्यस मुद्दाको अन्तिम सुनुवाइ पनि गर्न पाउने भएका छन्।

मुद्दा व्यवस्थापन समितिको सिफारिस बमोजिम सर्वोच्च अदालतको कात्तिक १६ गते बसेको पूर्ण बैठकले उक्त निर्णय गरेको हो।

त्यसका लागि अल्पकालीन तथा अन्तरिम आदेश जारी गर्दा स्पष्ट राय व्यक्त नभएको हुनुपर्ने र भएको भए उनीहरूका हकमा लागू नहुने सर्वोच्च अदालतले जनाएको छ।

यस्तै सर्वोच्च अदालतमा विचाराधीन रहेका ५० प्रतिशतभन्दा बढी कैद सजाय बसिसकेका कैदीका मुद्दाको सुनुवाइका लागि साताको निश्चित दिन छुट्टै पेशी चढाइने व्यवस्था हुने निर्णय पनि भएको छ। त्यस्ता पेशीहरू स्थगित गर्न नपाइने पनि पूर्ण बैठकले निर्णय गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर