कांग्रेस उम्मेदवारको मृत्युपछि मोरङको ३-१ मा नयाँ निर्वाचन तालिका सार्वजनिक – Nepal Press

कांग्रेस उम्मेदवारको मृत्युपछि मोरङको ३-१ मा नयाँ निर्वाचन तालिका सार्वजनिक

काठमाडौं । मोरङ क्षेत्र नं ३ को १ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका शेखरचन्द्र थापाको निधन भएपछि निर्वाचन आयोगले उक्त दलका लागि उम्मेदवार मनोनयनसहितका नयाँ कार्यतालिका सार्वजनिक गरेको छ ।

आयोगको निर्णय अनुसार बिहीबार र शुक्रबारभित्र उम्मेदवारी मनोनयन दर्ता, दाबी विरोध तथा अन्तिम नामावली सार्वजनिक गरिनेछ ।

प्रदेश १ का वनमन्त्रीसमेत रहेका थापाको निमोनियाका कारण बुधबार बिहान नोबेल अस्पताल विराटनगरमा निधन भएको थियो ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि असोज ६ गतेदेखि २३ गते निर्वाचन कार्यक्रम सञ्चालन भइ उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई निर्वाचन चिन्हसमेत प्रदान भइसकेको थियो ।

यस्तो छ निर्वाचन कार्यतालिका


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर