जेरी र शंकरबीचको वैवाहिक सम्बन्ध टुंगियो, अदालतमा गरे सम्बन्धविच्छेद – Nepal Press

जेरी र शंकरबीचको वैवाहिक सम्बन्ध टुंगियो, अदालतमा गरे सम्बन्धविच्छेद

काठमाडौं । पछिल्लो समय सम्बन्धविच्छेदको विषयलाई लिएर चर्चामा रहेका जोडी बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीबीच औपचारिक रुपमै सम्बन्धविच्छेद भएको छ । नेपाली सांगीतिक क्षेत्रमा चर्चित जोडीको रुपमा स्थापित भइृसकेको यो जोडीले बिहीबार काठमाडौं जिल्ला अदालत पुगी करिब तीन वर्ष लामो आफ्नो वैवाहिक सम्बन्धलाई टुंग्याएका हुन् ।

बच्चा सानै भएका कारण बच्चाको सम्पूर्ण लालनपालन आफूले गर्नुपर्ने र उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति दुई जनाबीच भएको भएको गायक क्षेत्रीले नेपाल प्रेसलाई बताए । क्षेत्री भन्छन्, ‘लालनपालन, अंश यता उता सबै मेरो भागमा परेको छ । छुट्नै पर्ने जरुरी त थिएन तर जति गरेपनि नहुने भएपछि केही लाग्दो रहेनछ । त्यसैले सहमतिमै सम्बन्ध टुङ्ग्याइयो ।’

उनी थप्छन, ‘मलाई धेरै अरु केही भन्नु छैन । यति भन्छु की जे हुनु भइसक्योे । रुदै हिँडनु जरुरी छैन । मैले उहाँको भर्खरका अन्र्तर्वाताहरु हेरेको थिए । रुदै बोल्दै हुनुहुन्थ्यो । जे भयो भयो । त्यसरी रुदै संसारलाई सुनाउनु जरुरी छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर