बझाङमा एक पुरुष मृत फेला
नेपाल प्रेस
२०७९ कार्तिक २५ गते १७:२७
काठमाडौं । साँझको समयमा घरबाट निस्केर गाउँतिर घुम्न गएका एक जना पुरुष बझाङमा मृत फेला परेका छन् ।
सुर्मा गाउँपालिका वडा नम्बर २ घोगाणा निवासी ४५ वर्षीय विक्रम बोहरा मृत अवस्थामा फेला परेको बताइएको छ ।
बुधवार साँझ गाउँतिर घुम्न जाने भनेर घरबाट हिँडेका बोहरा अबेरसम्म घरमा नपुगेपछि उनका आफन्तले खोजी गरेका थिए ।
उनीहरूले बिहीबार बिहान घोगणाको मेडिखान भन्ने स्थानमा मृत फेला पारेको प्रहरीको भनाइ छ ।
बोहराको शवलाई पोस्टमार्टम गरेर दाहसंस्कारको निम्ति आफन्तले लगेको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर