गृहमन्त्री खाणको दाबी : गठबन्धनले जनताको जीवनस्तरलाई परिवर्तन गर्छ (भिडिओ) – Nepal Press

गृहमन्त्री खाणको दाबी : गठबन्धनले जनताको जीवनस्तरलाई परिवर्तन गर्छ (भिडिओ)

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले अहिलेको गठबन्धनले जनताको जीवनस्तरलाई परिवर्तन गर्ने बताएका छन् ।

शुक्रबार नेपाल महिला संघ रुपन्देहीले भैरहवाका आयोजना गरेको कार्यक्रममा नेपाल र नेपाली जनताको जीवनस्तर उकास्न पनि पाँच दलिय गठबन्धन आवश्यक रहेको समेत बताए ।

गृहमन्त्री खाणले नेपालका ठूला ठूला परिवर्तन नेपाली कांग्रेसको अग्रसरमा नै भएको दाबी गरे । खाणले अब देशको आवश्यकता आर्थिक समृद्धि भएकाले रुपन्देहीलाई आर्थिक हवका रुपमा विकास गरिने बताए ।

गृहमन्त्री खाणले बुटवललाई अन्य शहरसँग सहज रुपमा जोड्न यसै आर्थिक वर्षमा बुटवल दाउन्ने नारायणघाट सडक खण्डको बाटोमा सुरुङ्ग मार्ग बनाउने निर्णय गरिसकेको बताए । खाणले रुपन्देहीलाई आर्थिक केन्द्रको रुपमा विकास बिस्तार गर्न गठबन्धनलाई जित हासिल गर्नुपर्ने भन्दै सम्पुर्ण नागरिकलाई गठबन्धनलाई मत दिएर जिताउन आग्रह गरे ।

त्यस्तै, कांग्रेसका केन्द्रीय सदस्य डिला संग्रौलाले महिलाहरुको हक हित र अधिकारका लागि लड्ने एक मात्र पार्टी नेपाली कांग्रेस भएको तर्क गरे ।

 


प्रतिक्रिया

One thought on “गृहमन्त्री खाणको दाबी : गठबन्धनले जनताको जीवनस्तरलाई परिवर्तन गर्छ (भिडिओ)

  1. जनताको होईन तिमीले आफ्नो र आफन्तको जीवनस्तर सुधार्छौ । अहिलेसम्म गरेका त्यहि नै हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर