विश्वकप जित्न पाकिस्तानले इङ्गल्यान्डलाई दियो १३८ रनको लक्ष्य
मेलबर्न । अस्ट्रेलियामा जारी आईसीसी टी-२० विश्वकपको अहिले भइरहेको फाइनलमा पाकिस्तानले इङ्गल्यान्डलाई १३८ रनको लक्ष्य दिएको छ।
टस हारेपछि ब्याटिङको जिम्मा पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३७ रन जोड्यो । पाकिस्तानका लागि सान मसुदले ३८, कप्तान बाबर आजमले ३२ र सदाब खानले रन बनाए । मुहम्मद रिजवानले १५ रन जोडे। मध्य क्रमका इफ्तिखर अहमदले खाता खोल्न सकेनन् ।
इङ्गल्यान्डका साम करनले ३ र अदिल रसिदले दुई विकेट लिए। बेन स्टोक्सको नाममा एक विकेट रह्यो । रसिदले चार ओभरमा र सामले ४ ओभरमा रन दिए ।
पाकिस्तानले पहिलो विकेटका लागि २९ रनको साझेदारी गरेको थियो । बाबर र सान मसुदले तेस्रो विकेटका लागि ३९ तथा सदाब खान र जिसन मसुदले पाँचौँ विकेटका लागि ३६ रनको साझेदारी गरेको थियो ।
१६ ओभरमा ४ विकेट गुमाएर एक सय १९ रन जोडेको पाकिस्तानले त्यसपछिका दुई ओभरमा ८ रन जोडेको थियो भने दुई विकेट गुमाएको थियो।