बागी उठ्ने र सघाउने ५ जनालाई कांग्रेसले पार्टीबाट निकाल्यो (सूचीसहित) – Nepal Press

बागी उठ्ने र सघाउने ५ जनालाई कांग्रेसले पार्टीबाट निकाल्यो (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको निर्णयविरुद्ध लागेको भन्दै पाँचजनालाई पार्टीबाट निकालेको छ ।

केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले एक विज्ञप्ति जारी गर्दै पाँचजनालाई लागि ५ वर्षका लागि निष्कासन गरेको जानकारी गराएका छन् ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवारविरुद्ध उम्मेदवार भएका र त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थक भएमा नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ४ (क) बमोजिम ५ (पाँच्) वर्षका लागि देहायका व्यक्तिलाई सदस्यता समेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन निर्देश गरिन्छ।’

बागी, बागीका प्रस्तावक एवं समर्थक र अन्य पार्टीमा गई उम्मेदवार भएकालाई समेत कारबाही गरेको कांग्रेसले जनाएको छ ।

यी हुन् निष्काशित भएकाहरू

१. मंगलबहादुर शाही – महासमिति सदस्य, हुम्ला।

२. धर्मेन्द्रप्रसाद यादव – क्रियाशील सदस्य, बारा ।

३. रविन्द्रप्रसाद यादव (रोशन) – महाधिवेशन प्रतिनिधि एवं जिल्ला सदस्य, बारा ।

४. वीरेन्द्रप्रसाद यादव – महाधिवेशन प्रतिनिधि, बारा ।

५. रामएकवालप्रसाद यादव (शिल्पु) – जिल्ला सदस्य, बारा ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर