कांग्रेसको दाबी : गठबन्धनकै सरकार बन्छ, ओलीले देशको नेतृत्व गर्न सक्दैनन् – Nepal Press

कांग्रेसको दाबी : गठबन्धनकै सरकार बन्छ, ओलीले देशको नेतृत्व गर्न सक्दैनन्

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस नेतृत्वको गठबन्धनले फराकिलो अन्तरले बहुमत ल्याउने बताएका छन् ।

नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालय सानेपामा बोल्दै उनले चुनावपछि गठबन्धनकै सरकार बन्ने उनले दाबी गरे ।
देशभर गठबन्धनकै पक्षमा माहोल देखिएको उनको भनाइ छ। उनले पार्टीको घोषणापत्र र साझा प्रतिबद्धतालाई कार्यान्वयन गर्ने बताए ।

गठबन्धनको मुख्य लक्ष्य संविधान र लोकतन्त्रको रक्षा गर्नु नै भएको प्रष्ट पारे । उनले भने, ‘ओलीजीले बहुमत ल्याउँदा पनि पाँच वर्ष सरकार चलाउन सक्नुभएन । हामीले स्थिर सरकार बनाएर विकास निर्माणको कामलाई तीव्रता दिन्छौँ ।’

उनले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा समानुपातिक मत महत्वपूर्ण भएकाले कुनै दुविधा नगरी रुख चिन्हमा मतदान गर्न आह्वान गरे । उनले अहिले जोड्ने नेतृत्व आवश्यक भएकाले उल्लेख गर्दै ओलीले पार्टी मिलाउन नसक्नेले देशको नेतृत्व गर्न नसक्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर