आजदेखि ४ दिन रेल सेवा बन्द
नेपाल प्रेस
२०७९ मंसिर १ गते ८:२३
काठमाडौं । ४ गते मा हुने प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचनका कारण आजदेखि चार दिन जनकपुरधाम-जयनगर (भारत) रेल सेवा बन्द हुने भएको छ ।
नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध संचालक निरञ्जन कुमार झाले रेल सेवा चार दिनसम्म बन्द रहने बताए। आज मंसिर १ गतेदेखि ४ गतेसम्म रेलसेवा बन्द रहने छ ।
मंसिर ५ गतेदेखि रेल सेवा नियमित समयमा संचालन हुनेछ । चुनावमा ७२ घण्टा नेपाल-भारत सीमानाका समेत बन्द रहने र रेल जयनगरसम्म चल्ने भएकाले बन्द गरिएकाे हाे ।
प्रतिक्रिया
सम्बन्धित खवर