लागियो अब भोट हाल्न (तस्बिरहरू)
काठमाडौं । आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतदाताहरु घर फर्कन थालेका छन् । रोजगारी व्यापार व्यवसाय, पढाईका लागि शहर छिरेका मतदाताहरु मतदान गर्नका लागि गाउँ फर्कन थालेका हुन् ।
प्रत्येक पाँच वर्षमा एक पटक हुने निर्वाचनमा मतदाताहरु पोका पुन्तुरा बोकेर गाउँघर फर्कनेको लर्को लागेको छ । विशेष गरी कोटेश्वर, कलंकी बसपार्क क्षेत्रमा घर फर्कने मतदाताहरुको भीड देखिन्छ ।
आफनो अमूल्य मताधिकारको प्रयोग गर्न र असल नेता छान्न भोट हाल्न गाउँ फर्कन लागेको मतदाताहरु बताउँछन् ।
कोही आफनै खर्चमा घर फर्कदैछन् भने कतिपय दल तथा उम्मेदवारले त आफ्ना समर्थकलाई गाडी नै रिजर्भ गरेर मतदान गर्न आउने व्यवस्था मिलाएका छन् । आजदेखि प्राय स्कुलहरु पनि विदा भएकाले पनि बच्चा बोकेर घर जानेको चाप बढेको छ ।