गृहमन्त्रीलाई सघाए वापत व्यापारी शर्मालाई आगामी चुनावमा मेयर दिने सहमति – Nepal Press

गृहमन्त्रीलाई सघाए वापत व्यापारी शर्मालाई आगामी चुनावमा मेयर दिने सहमति

रूपन्देही । प्रतिनिधिसभा निर्वाचनमा गृहमन्त्री बालकृष्ण खाणलाई चुनावमा सहयोग गरेबापत व्यापारीलाई आगामी चुनावमा मेयर पद दिने सहमति बाहिरिएको छ ।

गल्लामण्डीका व्यापारी कृष्ण प्रसाद शर्माले गृहमन्त्री खाणलाई सहयोग गरे बापत सिद्धार्थनगरको मेयर पद दिने सहमति बाहिरिएको हो ।गृहमन्त्रीका भाइ रूपन्देही कांग्रेसका सभापति रामकृष्ण खाण र  व्यापारी शर्माबीच यस्ताे सहमति भएकाे छ ।

यो सहमतिमा पत्रको रोहबरमा अहिलेका मेयर इस्तियाक अहमद खान रहेको उल्लेख छ । व्यापारी शर्मालाई यस्तो सहमति दिएपछि पुराना कांग्रेस नेताहरू असन्तुष्ट भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर