इन्द्र बानियाँ चढेको गाडीमा ढुंगामुढा – Nepal Press

इन्द्र बानियाँ चढेको गाडीमा ढुंगामुढा

हेटौँडा । नेपाली कांग्रेस वागमती प्रदेश सभापति एवं मकवानपुर-२ प्रदेशसभा क्षेत्र नम्बर २ का उम्मेदवार इन्द्रबहादुर बानियाँको गाडी तोडफोड भएको छ । मनहरीबाट हेटौँडा आउने क्रममा बानियाँ चढेको गाडी हेटौंडा-१९ दालिमटारमा तोडफोड गरिएको हो । ढुंगाले लागेर गाडीको अगाडीको सिसा फुटेको छ । लुकेर ढुंगा प्रहार भएको बताइएको छ ।

विप्लव नेतृत्वको नेकपाले सांकेतिक कारबाही गरेको भन्दै विज्ञप्ति निकालेर घटनाको जिम्मा लिएको छ ।

विज्ञप्तिमा बानियाँमाथि ‘भ्रष्ट, राजनीतिक दलाल, ठेकेदार’ लगायतका विभिन्न आरोप लगाइएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी वामदेब गौतमले तोडफोड भएको जानकारी नआएको तर ढुंगा उछिट्टिएर सिसा फुटेको जानकारी प्राप्त भएको नेपाल प्रेसलाई बताए ।

यस्तो छ नेकपाको प्रेस:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर