अलपत्र यात्रुलाई भोलि नै गन्तव्यमा पुर्‍याउन निगमलाई प्राधिकरणको निर्देशन – Nepal Press

अलपत्र यात्रुलाई भोलि नै गन्तव्यमा पुर्‍याउन निगमलाई प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल वायुसेवा निगमको लापारबाहीले अलपत्र परेका यात्रुहरुलाई भोलि नै उडानको व्यवस्था गर्न नागरिक उड्डयन प्राधिकरणले निर्देशन दिएको छ । प्राधिकरणले निगमलाई पत्र लेखेर नियमित उडानमार्फत १९ नोभेम्बरमा उडानको व्यवस्थापन गर्न निर्देशन दिएको हो ।

बिहीबार राति कतारको दोहा जान लागेका यात्रुहरुलाई जहाजका सबै सीट भरिएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको थियो । त्यसपछि यात्रु प्राधिकरण गुहार्न पुगेका थिए ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले निगमले २७० जना अटाउने गरी जहाजमा टिकट काटेको तर पछि १६८ यात्रुमात्र अट्ने विमान उडाएका कारण सबै यात्रुलाई लैजान नसकेको जानकारी आफूहरुलाई गराएको बताएका छन् । ‘करिब ६० जना यात्रु अहिले होटलमा राखेर निगमलाइ नै खाने बस्ने व्यवस्था गर्नु भनेका छौ’, निरौलाले भने ।

प्राधिकरणले नेपाल एअरलाइन्सको उडान नम्बर आरए १३९ (काठमाडौं–दोहा कतार) आरए २२९ (काठमाडौं–दुबई)को ओभर बुकिङका कारण अफ लोड गरेको गुनासो गर्दै यात्रुले प्राधिकरणमा निवेदन दिएको बताउँदै प्राधिकरणले उडानको व्यवस्था गर्न निर्देशन दिएको हो । प्राधिकरणले निगमलाई त्यस्तो गल्ती अब उप्रान्त नगर्न पनि सचेत गराएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *