सरकारको नेतृत्व कांग्रेसले नै गर्छ, प्रधानमन्त्रीबारे पछि कुरा गरौंला: शेखर कोइराला – Nepal Press

सरकारको नेतृत्व कांग्रेसले नै गर्छ, प्रधानमन्त्रीबारे पछि कुरा गरौंला: शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निर्वाचनपछि नेपाली कांग्रेसको नेतृत्वमै सरकार बन्ने बताएका छन् । उनले कांग्रेसको नेतृत्वमा सरकार बनेपनि प्रधानमन्त्री को बन्ने भन्ने विषयमा भने नतिजापछि विचार गर्ने बताए ।

विराटनगरको आदर्श मावि मतदान केन्द्रमा मतदान गरेपछि नेता कोइरालले गठबन्धन सरकारको नेतृत्वको कांग्रेसले नै गर्ने बताए ।

उनले भने,‘अरुले दाबी गर्ने हो सरकार कांग्रेसको नेतृत्वमा बन्छ । यस पटकको निर्वाचनपछि सुसासन दिन्छौ, पारदर्शी र जनताप्रति जवाफदेही हुन्छौँ, भ्रष्टाचार न्यूनीकरण गर्छौँ भनेका छौं ।’

यदि सरकारले त्यो गर्न सकेन भने अर्को सरकार बन्ने समेत उनले बताए । नेता कोइरालाले अहिलेको गठबन्धनका दलहरु एकसाथ हुने र अरु केही मिल्न सकिने दलहरुसँग पनि चुनावी परिणामका आधारमा मिल्न सकिने बताए ।

उनले एमालेको अवस्था दोस्रो वा तेस्रो हुने र कांग्रेस पहिलो पार्टी नै हुने दाबी गरे । आजको निर्वाचनले संविधानको रक्षा, राजनीतिक स्थिरता, भ्रष्टाचार न्यूनीकरण र सुशासनको सन्देश दिने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर