मुगु र दैलेखमा भेटिएका शंकास्पद वस्तु नेपाली सेनाद्वारा डिस्पोज
नेपाल प्रेस
२०७९ मंसिर ४ गते ९:१२
सुर्खेत ।मुगुको खत्याड गाउँपालिकाका ५ वटा मतदान केन्द्र र दैलेखको चामुण्डाविन्द्राशैनी नगरपालिकामा भेटिएका शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ ।
प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार खत्याड गाउँपालिकाको रातापानीमा, जिउका, लाम्रु, गम्था, चिमाडुङ्री मतदान केन्द्र र दैलेको चामुण्डाविन्द्रशैनी नगरपालिका ५ को जनता माविमा मावीमा भेटिएको शंकास्पद बस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले नष्ट गरेको हो ।
अहिले यी क्षेत्रमा पुनः मतदान भइरहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक माधव श्रेष्ठले जानकारी दीए ।
प्रतिक्रिया
सम्बन्धित खवर