नेकपा बहुमतका कार्यकर्ताले मतपेटिका फुटालेपछि स्थगित भएको मतदान पुन: शुरु
नेपाल प्रेस
२०७९ मंसिर ४ गते ११:४७
पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका-८ स्थित तारबराह आधारभूत विद्यालय मतदान केन्द्रमा ३० मिनेटपछि मतदान पुन: सुचारु भएको छ ।
एक मतदाताले मतपेटिका फुटालेपछि मतदान रोकिएकामा सर्वदलीय छलफलपछि सुचारू भएको हो।
नेकपा बहुमतका कार्यकर्ता टुकबहादुर बिकले मत हालिसकेपछि ‘नेकपा बहुमत, जिन्दावाद’ को नारा लगाएर मतपेटिका थेचारेका थिए । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अहिले सर्वदलीय बैठक बसेर मुचुल्का उठाएपछि पुनस् मतदान सुरु भएको छ ।
प्रतिक्रिया