सिन्धुपाल्चोकमा १ बजेसम्म ३४. ७२ प्रतिशत मतदान
नेपाल प्रेस
२०७९ मंसिर ४ गते १४:०१
सिन्धुपाल्चोक। आज जारी मतदानका क्रममा सिन्धुपाल्चोकमा दिउँसो १ बजेसम्ममा ३४. ७२ प्रतिशत मत खसेको छ । दिउँसो सम्ममा ९०३८८ अर्थात ३४. ७२ प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी बेधनिधि खनालले बताए । उनका अनुसार मतदान कार्य छिटपुट घटनाबाहेक शान्तिपूर्ण रहेको छ ।
जिल्ला निर्वाचन अधिकारी विकास शर्मा रिजालले एक अस्थायीसहित एक सय ४६ मतदानस्थलमा मतदान सुरु भएको बताए। ती स्थलका तीन सय २१ मतदान केन्द्रमा मतदान जारी रहेको हो ।
दुई प्रतिनिधिसभा तथा चार प्रदेशसभा निर्वाचनका लागि सिन्धुपाल्चोकमा जम्मा दुई लाख ६० हजार दुई सय ७३ मतदाता छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर