तपाईंको मतले अबको पाँच वर्ष निर्धारण गर्छ, समय छ नछुट्नुहोस् : गगन थापा – Nepal Press

तपाईंको मतले अबको पाँच वर्ष निर्धारण गर्छ, समय छ नछुट्नुहोस् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मतदान प्रक्रियामा सहभागी नभएकाहरुलाई जान आग्रह गरेका छन् ।

मतदान गर्न अब केही समय मात्र बाँकी भएकाले गएर आफ्नो मताधिकारको प्रयोग गर्न आग्रह गरेका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मतदान गर्न अब केही समय मात्र बाँकी छ । तपाईँको मतले अबको हाम्रो पाँच वर्ष निर्धारण गर्नेछ । यदि मतदान गर्नुभएको छैन भने अब बाँकी समयमा गएर मतदान गरिदिनु हुन अनुरोध गर्दछु ।’

एक मतले अबको पाँच वर्ष निर्धारण गर्ने भएकाले सचेत रहन आग्रह गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर