क्लासिक–टेकले कलंकीमा बिस्तार गर्यो १०० औं आउटलेट
काठमाडौं । नेपालको नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक–टेकले आफ्नो नयाँ आउटलेट कलंकीमा बिस्तार गरेको छ । सेवा बढाउने उद्देश्यकासाथ कलंकीमा सेवा बिस्तार गरेको कम्पनीले जनाएको छ ।
क्लासिक टेकको यो १०० औं आउटलेट हो । यसमा बिल्लिङ्, कस्टमर सपोर्ट र मार्केटिंग गरेर २५ जना स्टाफ राखिएको कम्पनीले जनाएको छ।
कम्पनीले कलंकी, छाउनी, रामकोट, स्वयम्भु , चन्द्रागिरि, थानकोटलगायतका ठाउँमा आफ्नो सेवा दिइ रहेको छ । कम्पनीले कस्टमर सपोर्ट र पेमेन्ट गर्न छिटो र छरितो बनाउनको लागि आउटलेट खोलेको हो । सानोभन्दा सानो सेवा पनि छिटो र छरितो समाधान हुने कम्पनीले अपेक्षा गरेको छ ।
कम्पनीका प्रमुख सेल्स एण्ड मार्केटिंग अफिसर बिनय कुमार अधिकारीका अनुसार सो क्षेत्रका सेवाग्राहीलाई केहि महिनाको लागि नेपालकै सस्तो र उच्च गतिको २० एमबीपीएस इन्टरनेट र आईपीटिभी मात्र ७९९ रुपैयाँ प्रति महिनामा उपलब्ध गराइरहेको छ ।
यसैगरि १ वर्षसम्मको कुनैपनि प्याकेजमा रिचार्ज गर्दा ३० प्रतिशतसम्म नगद छुट र साथमा २ महिना बोनस पनि क्लासिक टेकले आफ्ना पुराना ग्राहकहरुलाई प्रदान गरेका बताएको छ ।
यसैगरि आईपिटिभीको १५० च्यानलहरु सित्तैमा रिचार्ज गर्दा हेर्न पाउने छन् । कम्पनीले ७४ वटा जिल्लामा कर्पोरेटहरु र बैंकहरुलाई ईन्टरनेट र इंट्रानेट सेवाहरु दिँदै आईरहेको छ ।
आर्थिक वर्षभित्र FTTH को माध्यमबाट होम युजरलाई पनि सेवा दिने गरि कम्पनीले १०० वटा थप आउटलेट खोल्ने लक्ष्य लिएको बताएको छ । यसै महिनामा पनि कम्पनीले पश्चिममा नेपालगंज र पूर्वमा दमक र बिर्तामोडमा आउटलेट खोल्ने तयारीमा छ ।
यो कम्पनिको जस्तो झुर सेवा अन्य कुनै कम्पनिको छैन ।समस्या आउदा ५० पटक फोन गर्दागर्दा आफ्नै पैसाको सत्यानाश ।सर्भिस राम्रो दिदैन । नेट पनि धेरै स्लो छ । समस्या आउदा समाधान गर्न पर्नेमा वास्तै गर्दैनन ।