पहिलो चुनावी नतिजा मुस्ताङबाट आउँदै, कांग्रेसका योगेशको अग्रता कायमै – Nepal Press

पहिलो चुनावी नतिजा मुस्ताङबाट आउँदै, कांग्रेसका योगेशको अग्रता कायमै

काठमाडौं । यसपटकको चुनावको पहिलो नतिजा हिमालपारीको जिल्ला मुस्ताङबाट आउने भएको छ । ७ हजार २३० मत खसेको मुस्ताङमा प्रतिनिधिसभातर्फ कांग्रेसका योगेश गौचन थाकालीले अग्रता कायमै राखेका छन् ।

योगेशले ३ हजार १५६ मतका साथ अग्रता लिइरहँदा एमालेका प्रेम तुलाचन २ हजार ५२१ मतले पछ्याइरहेका छन् । मतगणना जारी रहदा कांग्रेस समर्थकको भीडले विय जुलुसको तयारी गरिरहेको छ ।

कांग्रेस नेता रोमी गौचनका ३१ वर्षीय छोरा योगेशको यो पहिलो चुनावी प्रतिस्पर्धा हो । एमालेका तुलाचन २०७४ मा निर्वाचित भएका निवर्तमान सांसद हुन् । उनी ५ वर्षअघि कांग्रेस छाडेर एमालेमा प्रवेश गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर