मुस्ताङ प्रदेशसभा (१) मा कांग्रेस विजयी – Nepal Press

मुस्ताङ प्रदेशसभा (१) मा कांग्रेस विजयी

पोखरा । मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा खाता खोलेको नेपाली कांग्रेसले प्रदेश सभामा पनि मुस्ताङबाट विजयी सुरुवात गरेको छ ।

मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङले एमाले उम्मेदवार इन्द्रधारा विष्टलाई २५५ मतान्तरले पराजित गरेका हुन् । नम्डुले १०४८ मत पाउँदा विष्टले ७४३ मत मात्रै पाए । विष्ट गण्डकी प्रदेश सभाका पूर्व सदस्यसमेत हुन् । वडाध्यक्ष हारेका नम्डु प्रदेश सभा सदस्यमा निर्वाचित बनेका हुन् ।

योसँगै एमालेले जित्ने प्रबल सम्भावना देखेको मुस्ताङमा हार व्यहोरेको छ । यसघी मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा योगेश थकाली विजयी भइसकेका छन् । योगेशले नेकपा एमालेका प्रेम तुलाचनलाई पराजित गर्दै संसदको यात्रा तय गरेका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर