ललितपुर २ बाट फराकिलो मतान्तरसहित एमालेको विजयी सुरुवात (तस्बिरहरू)
नेपाल प्रेस
२०७९ मंसिर ५ गते २१:४७
काठमाडौं । ललितपुर निवाचन क्षेत्र नं. २ मा नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जन विजयी बनेका छन् । मतगणनाको अन्मित मतपरिणामअनुसार महर्जन १५०२५ मतसहित निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाल पार्टीका उम्मेदवार सुदिन शाक्यले ८८८६ मत ल्याएकाे निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ । मतगणना सम्पन्न भएपनि आधिकारिक घोषणा हुन बाँकी रहेको मुख्य निर्वाचन अधिकृत बालकृष्ण निरौलाले नेपाल प्रेसलाई जानकारी दिए ।
तस्बिरहरू : उमेश कार्की
प्रतिक्रिया
सम्बन्धित खवर