नवलपरासी बर्दघाट १ मा पछि परे विनोद चौधरी – Nepal Press

नवलपरासी बर्दघाट १ मा पछि परे विनोद चौधरी

नवलपरासी । नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी पछि परेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र सेन (ठकुरी)ले अग्रता लिएका छन् । ठकुरीले चार हजार छ सय ८९ मत प्राप्त गर्नुभएको छ भने चौधरीले चार हजार पाँच सय ६० मत प्राप्त गरेका छन् ।

यस्तै तेस्रो स्थानमा जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी तीन हजार चार सय तीन मत प्राप्त गरेका छन् । घण्टी चिह्न भएका ठकुरी चौधरीभन्दा एक सय २९ मतले अगाडि छन् भने त्रिपाठीभन्दा एक हजार दुई सय ८६ मतले अगाडि छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर