रुपन्देही २ मा विष्णु पौडेलले भेट्न लागे घण्टी, मतान्तर ६५ मात्र – Nepal Press

रुपन्देही २ मा विष्णु पौडेलले भेट्न लागे घण्टी, मतान्तर ६५ मात्र

रूपन्देही । रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ मा एमालेका विष्णु पौडेलले मतान्तर घटाउँदै लगेका छन् । सुरूदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलसँग पछि परेका एमाले उपाध्यक्ष पौडेलले अहिले मतान्तर ६५ बनाएका छन् ।

यसअघि विष्णु पौडेल करिब ५०० ले पछाडि थिए ।

पछिल्लो विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले ४ हजार १३४ मत ल्याउँदा एमालेका पौडेलले ४ हजार ६९ मत ल्याएका छन् ।

यहाँ अहिलेसम्म १२ हजार ३०० मत मात्र गणना भएको छ । रुपन्देही-२ मा ८१ हजार २०२ मत खसेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर