काठमाडाैं ५ मा ईश्वर पोखरेल तीन हजार मतले पछाडि
नेपाल प्रेस
२०७९ मंसिर ६ गते १६:३८
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल तीन हजार बढी मतले पछाडि परेका छन् । काठमाडौं क्षेत्र नं. ५ प्रतिनिधिसभा सदस्यका लागि सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका प्रदीप पौडेलले पोखरेललाई तीन हजार ३५३ मतले पछाडि पारेका हुन् ।
पौडेलले १०५७२ मत ल्याउँदा पोखरेलले ७२१९ मत प्राप्त गरेका छन् । यसअघि पोखरेल यसै क्षेत्रबाट २३०२९ मतसहित कांग्रेसका प्रकाशमान सिंहलाई हराउँदै विजयी बनेका थिए ।
प्रतिक्रिया
Prakash Sharan Mahat lai hola aghillo Election ma Ishwar Pokharel le haraeko.