दार्चुलामा दिलेन्द्र बडूको कमब्याक
नेपाल प्रेस
२०७९ मंसिर ७ गते २०:४१
दार्चुला । दार्चुलाबाट नेपाली कांग्रेसका नेता दिलेन्द्र प्रसाद बडू विजयी भएका छन् ।
उनले नेकपा एमालेका उम्मेदवार गणेश ठगुन्नालाई पराजित गरेका हुन् ।
बडूले २८ हजार ५१५ मत पाउँदा ठगुन्नाले २६ हजार ३८१ मत पाए । निर्वाचन आयोगबाट आधिकारिक परिणाम घोषणा हुन भने बाँकी रहेकाे छ ।
ठगुन्ना यसअघि २०७० र २०७४ सालको निर्वाचनमा विजयी भएका थिए ।
प्रदेशसभामा पनि गठबन्धनकै उम्मेदवार विजयी भएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर