सुनसरी ३ को एउटा वडा- कांग्रेसका क्रियाशील सदस्य ४५५, गच्छदारले पाए ३४७ मत – Nepal Press

सुनसरी ३ को एउटा वडा- कांग्रेसका क्रियाशील सदस्य ४५५, गच्छदारले पाए ३४७ मत

इटहरी । सुनसरी ३ अन्तर्गत पर्ने इटहरी उपमहानगर वडा नम्बर ९ मा विजय गच्छदारले कांग्रेस कार्यकर्ताको संख्या भन्दा थोरै मत पाएका छन् । नेपाली कांग्रेस इटहरी उपमहानगरको तथ्यांकअनुसार वडा नम्बर ९ मा ४५५ क्रियाशील सदस्य छन् । तर, आज भएको गणनामा उक्त वडाबाट ३४७ मत मात्रै पाएका छन् । यो वडामा भगवती चौधरीको मत भने ९७७ आएको छ ।

गत स्थानीय चुनावमा यो वडामा नेपाली कांग्रेसका वडा अध्यक्ष उम्मेदवार गोबिन्द घिमिरेले ९७२ मत ल्याएका थिए ।
अझ रोचक कुरा उक्त वडामा इटहरीका नेपाली कांग्रेसका हेभिवेट नेताहरु छन् ।

कांग्रेस प्रदेश ३(क) सभापति दीपक ढकाल, सचीव विमल नेपाल, महाधिवेशन प्रतिनिधि सीता भुसाल, ट्रेड युनियन केन्द्र उपमहासचिव तथा महाधिवेशन प्रतिनिधि ज्योति कोइराला तथा महाधिवेशन प्रतिनिधिहरु बिमला प्रधान र दिलमाया डागी नि सोही वडाका हेभिवेट नेताहरू हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर