बझाङमा ऐन महरलाई पराजित गर्दै नेकपा एसका जोशी विजयी
नेपाल प्रेस
२०७९ मंसिर ८ गते ६:३९
कैलाली । बझाङबाट नेकपा एकीकृत समाजवादीका नेता भानुभक्त जोशी प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् ।
नेकपा एमालेका उम्मेदवार ऐन बहादुर महरलाई १ हजार १ मत अन्तरले पछि पार्दै जोशी प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन् ।
जोशीले २८ हजार ४१३ मत पाउँदा महरले २७ हजार ४१२ मत पाएका थिए । एमालेबाट दुई पटक सम्म सांसद भएर मन्त्री भएका जोशी अहिले नेकपा एकीकृत समाजवादीबाट निर्वाचित भएका हुन् ।
प्रतिक्रिया
One thought on “बझाङमा ऐन महरलाई पराजित गर्दै नेकपा एसका जोशी विजयी”
Leave a Reply
सम्बन्धित खवर
ऐन महरजस्तो युवा नेता हार्नु बझाङको लागि ठूलो घाटा हो । तर पनि जनताको फैसला स्विकार गर्नैपर्छ । यो पनि अदालतको फैसलाजस्तै । चित्त नबुझे पनि मान्नुपर्ने ।